९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

अ+ अ-

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ ।

नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् ।

कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्य बताउँछन् ।

तिहारको तीन चार दिनमा मात्र करिब देशभर १० हजार किलो बराबरका चाँदीका भाँडाकुँडा र करिब दुई सय केजी सुनका गरगहनाको कारोबार होला भन्ने अनुमान गरिएको उनले बताए।

बजारमा सुनको माग अधिक बढे पनि सरकारले दैनिक २० केजीभन्दा बढीको कोटालाई बढाएको छैन । चाँदी भने आवश्यकताभन्दा पनि बढी नेपालमा भित्रिइरहेको छ ।

दैनिक एक सयदेखि तीन सय केजीसम्म चाँदी नेपालमा खपत हुने गरेको भए पनि दैनिक चार पाँच हजार केजीसम्म आउने गरेको व्यवसायीहरूको भनाइ छ ।

यसरी आवश्यकताभन्दा बढी मात्रामा आएको चाँदी कहाँ कसरी खपत भइरहेको छ त्यसको खोजी सरकारले गर्नुपर्ने माग व्यवसायीहरूले गर्दै आएका छन् ।

पछिल्लो समय चाँदीको भन्सार दरमा प्रति दस ग्राम २५ रुपियाँसम्म वृद्धि भएपछि भने चाँदीको आयात केही घटेको महासचिव वज्राचार्य बताउँछन्।

नेपालमा यस्ता बहुमूल्य वस्तुको खरिद बिक्री लक्ष्मी पूजाको दिनमा हुने गरेको थियो भने दुई दशक अघिदेखि भने सञ्चार माध्यमका कारण भारतमा प्रचलनमा रहेको धनतेरसको प्रभाव नेपाली बजारमा पनि पर्न थालेको छ ।

त्यसैले लक्ष्मी पूजाको अघिल्लो दिन काग तिहारकै दिन त्रयोदशीकै दिन यस्ता सामग्री घरघरमा भित्र्याएर लक्ष्मी पूजाको दिन पूजा गर्ने प्रचलन सुरु भएको छ, वज्राचार्य भन्छन् ।

कोभिड १९ पछिका बजार सामान्य भइसकेकाले अहिले कालिगडको कुनै अभाव नभएको र ग्राहकले खोजेअनुसारका गरगहना र भाँडाकुँडा सहजै उपलब्ध हुने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस