१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

अ+ अ-

म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्नतिको काम बाँकी छ ।

आयोजनाका प्रमुख जगत् प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ प्याकेज निर्माण सकिएको जानकारी दिए । छयहत्तर किलोमिटर दूरीको बेनी–जोमसोमको चारमध्ये एउटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा रहेको उनले बताए ।

जोमसोम–कोरला खण्डअन्तर्गत तामाङ–गौरी पार्वती–सप्तकोसी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेकका प्याकेजको स्तरोन्नति सकिएको छ । उक्त खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । ग्राभेल भइसकेको २५ किलोमिटर दूरीको जोमसोम–कागबेनी खण्डको सडक दोस्रो चरणमा कालोपत्र गर्ने तयारी भएको छ ।

भेना–घिलिङ, कागबेनी–ताङवे, ताङ्वे–चैले, चैले–चराङ र छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भइसकेको छ । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत प्रगति छ । एघार मिटर फराकिलो, नाली, ग्याविनसहितको पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्ने काम सकिएको छ ।

झन्डै रु ६ अर्बको लागत अनुमान गरिएको उक्त आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्म रु पाँच अर्ब १३ करोड ४८ लाख खर्च भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनालाई रु एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । सो सडकको विभिन्न ठाउँमा करिब २० मोटरे बल पुल निर्माणाधीन छन् ।

आयोजनाअन्तर्गत १९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटबाट बेगखोलासम्मको ६ किलोमिटर कालोपत्र सुरु भएको छ । शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६ दशमलव ५ किलोमिटर दूरीको कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा पुगेको छ ।

सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न तीन हजार प्वाल खोलेर १० मेट्रिक टन जिलेटिन विस्फोट गराउने तयारी छ ।

बर्खाका कारण रोकिएको सडक निर्माणको काम दसैँ लगत्तै अघि बढेको छ । चौथो नम्बर प्याकेजमा पर्ने कोवाङबाट जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न थालिएको छ । ‘बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदै छ’, आयोजनाका इन्जिनियर आशिष मानन्धरले भने, ‘एघार मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र गर्छौँ ।’ तेह्र किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक विस्तारको काम पनि सुरु भएको छ ।

मालढुङ्गाबाट बेनी हुँदै जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमबाट कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित उक्त आयोजना राष्ट्रिय गौरवको हो ।

प्रतिक्रिया दिनुहोस