धनगढी । कैलालीमा महिलाको प्रतिनिधित्व गर्दै शान्ति सिंह पहिलो नगर अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् ।
सोमबार सम्पन्न पार्टीको नगर अधिवेशनबाट सिंह गौरीगंगा नगरपालिकाको नगर अध्यक्ष बनेकी हुन् ।
यसअघि पार्टीको पागौरीगंगा नगर कमिटी सचिव रहेकी सिंह माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेकी नेतृ हुन् ।