६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्याय क्षेत्रको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले न्यायपालिकामा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्ने बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले न्यायपालिकामा भएका विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताए । ‘न्यायाधीशको निर्णयलाई मान्नुपर्छ तर यसको अर्थ न्यायपालिकामा भएका विकृतिका विषयमा बोल्न पाइन्न भन्ने होइन, सबै निकाय जवाफदेही र उत्तरदायी हुनुपर्छ, समाजलाई पनि जवाफदेही र उत्तरदायी बनाउन नसकेसम्म राजनीति गर्नेले भाषण गरेरमात्र केही हुन्न’, उनले भने ।

नेता कोइरालाले देश भद्रगोल अवस्थामा पुगेकाले सबै निकाय जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गर्दै आफूले नगर्ने अरुलाई मात्र भन्ने प्रवृत्तिले कुनै उपलब्धि नहुने बताए ।

महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कार २०७८ आज आयोजित कार्यक्रममा प्रदान गरिएको छ । वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई प्रदान गरिएको छ ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्मप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।

कांग्रेस नेता कोइरालाले पुरस्कृत स्रष्टालाई रु २० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टाले कविता प्रस्तुत गरेका थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा समाजका सभापति गोविन्द खनाल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ लगायतले समाजका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

शान्ति समाजले मङ्गलबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो । यसैगरी कात्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस