१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार

अ+ अ-

काठमाडौँ । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा गत शुक्रबादेखि सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कोरोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ ।

गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ता सहभागी भएको बताइएको छ । मेलामा सबैभन्दा बढी ६० प्रतिशत गोदावरी फूल बिक्री भएको अध्यक्ष तामाङले जानकारी दिए । मेलामा ४४ स्टल र गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत सामग्री मेलामा राखिएको थियो ।

प्रदर्शनमा काठमाडौँ उपत्यकासहित चितवनका पुष्प खेती गर्ने व्यवसायीले ४०० प्रजातिका फूल बिक्री वितरणका लागि राखेका थिए । विगतको वर्षमा भन्दा यस वर्ष फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात गरिएको छ । आवश्यकताअनुसार आयात गरिने फूलमध्ये केही आज आइसकेको छ भने केही भोलि ल्याउने तयारी रहेको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा केही वृद्धि हुने बताइएको छ ।

एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।

हाल यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस