९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

अ+ अ-

आदेन । यमनमा सङ्घर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्त्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् ।

ती विद्रोहीहरुले सो सहरका महत्त्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् ।

सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्त्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् । हुथी विद्रोही समूहले यसअघि सो सहर पुरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार हुथीहरुले सहरका विभिन्न नाकाहरुमा आफ्ना सेना र हातहतियारहरु लगेका छन् भने सहरका बाहिरी नाकाहरुमा उनीहरुका सशस्त्र विद्रोहीहरु तैनाथ गरी राखेका छन् ।

विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए । उनीहरुले यो सहर पटक पटक आफ्नो कब्जामा लिने गरेका छन् ।

यो सहरलाई विद्रोहीहरुले रणनीतिक हिसाबले महत्त्वको ठान्ने गरेका छन् । विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्– एक सैन्य अधिकारीले भने ।

इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो । हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ ।

मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्ध विराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।

प्रतिक्रिया दिनुहोस