९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीबाट १५ लाख २५ हजारसहित जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अ+ अ-

पर्वत । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीबाट १५ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार हिजो (बुधवार) बिहान करिब चार बजेको समयमा तातोपानी इन होटेलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ घर भई पोखरा–१७ ड्यामसाईडमा बस्दै आएको ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटन बस्दै आएका २६ वर्षीय विनय गुरुङ, ३२ वर्षीय कोकर्ण केसी, पोखरा-८ सिमलचौरका ४३ वर्षीय नारायण सिग्देल, पोखरा-६ बैदामका ४३ वर्षीय राजु कार्की र पोखरा-२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट रहेका छन्।

यस्तै‚ स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पुतलीबजार नगरपालिका–२ ज्यामिरेका २८ वर्षीय दिपेश गुरुङ, चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे र बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भई पोखराको ड्यामसाईडमा बस्दै आएको ३९ वर्षीय मनबहादुर खड्का रहेका छन्।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि डिएसपी हमालले बताए।

प्रतिक्रिया दिनुहोस