१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल बैङ्क ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

अ+ अ-

काठमाडौँ । नबिल बैङ्क ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ ।

विश्व बैङ्कको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी २० को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल सम्मानित भएको हो ।

आईएफसी र एसएमई फाइनान्स फोरमले विगतका आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगति पहिचान गरी सम्मान दिएको नबिल बैङ्कले जनाएको छ ।

कोभिड–१९ महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैङ्कले रणनीतिक रूपमा एसएमई क्षेत्रको उत्थानमाध्यान केन्द्रित गरेको र सक्रियतापूर्वक आफ्नो व्यवसाय प्रक्रियालाई नवीनतम नीति, तथा प्रक्रियामार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रूपमा कर्जा उपलब्ध गराउँदै आएको बैङ्कको दाबी छ ।

सम्मानित भएसँगै नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले नबिल बैङ्कले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेको बताए ।

बैङ्किङ कार्यविधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन ध्यान केन्द्रित गरेको जानकारी गराउँदै बैंकले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको र यस क्रमलाई विभिन्न रूपमा जारी राख्ने समेत उनले उल्लेख गरे ।

गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैङ्क (एडिबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैङ्कको रूपमा मान्यता दिएको थियो ।

नबिलले युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको वेस्ट बैङ्क’ अवार्ड जित्न सफल भएको छ । सन् १९८४ देखि बैङ्किङ सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस