१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

अ+ अ-

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कवि गोष्ठीलगायतका कार्यक्रम गरिएका छन् ।

साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठ पूजा समाजको संयुक्त आयोजनामा हिजो (बुधबार) कमलपोखरीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पारे।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविस्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउन सक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गरे ।

कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरव बोध गर्ने गरेको धारणा राखे ।

सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँ घरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशी थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारु तिमिल्सिना, एलिशा ढुङ्गानालगायतले कविता वाचन गरेका थिए ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि सङ्घले यस्ता कार्यक्रम गर्ने जानकारी दिए । जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस