१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवेणी–दुम्किबास सडक बनाउँछौँ: मुख्यमन्त्री पोखरेल

अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङ मार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्ड सञ्चालन गरिने बताएका छन् ।

गृह जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण वैकल्पिक तरिका अपनाएर भए पनि उक्त सडक विस्तार गरिने बताएका हुन् ।

स्थलमार्ग बनाउन नपाए सुरुङ मार्ग या फ्लाइओभर बनाएर पनि सडक विस्तार गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

नेपाललाई उत्तर–दक्षिण जोड्ने छोटो र उपयुक्त सडक त्रिवेणी–कोरला सडक भएकाले त्रिवेणी–दुम्किबास जोड्ने सडकका विषयमा चासो दिनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाइएको उनको भनाइ थियो ।

विसं २०६२ मा ट्र्याक निर्माण गरिएको त्रिवेणी–दुम्किबास सडक निर्माणमा निकुञ्जले अवरोध गरेका कारण जिल्लावासीहरू त्रिवेणी जानका लागि लुम्बिनी प्रदेशको बर्दघाट भएर जानुपर्ने बाध्यता छ ।

त्रिवेणी–कोरला सडकलाई प्रदेशको गौरव आयोजनामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले चीनबाट भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्त्वपूर्ण हुने जिकिर गरे ।

त्रिवेणीबाट दुम्किबाससम्म २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्र निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कोरला–त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस