१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा कृत्रिम फूलको माग बढ्दै

अ+ अ-

धनगढी । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका सहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।

तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुने गर्छ । फूल मालाको माग बढेसँगै धनगढीलगायतका सहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताए । प्राकृतिक माला कतै पाइछ भने पनि कृत्रिम मालाभन्दा निकै महङ्गो पर्ने गरेको उनी बनाउँछन्।

कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यपारी अशोक थापाले बताए । उनले भने, ‘कृत्रिम माला अन्य काममा समेत प्रयोग गर्न मिल्ने भएपछि यसको माग पनि ह्वात्तै बढेको छ, स्थानीय क्षेत्रमा प्राकृतिक फूल उत्पादन नहुँदा कृत्रिम फूलको माग बढेको हो।’

स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोट रु १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा रु ६०÷७० सम्म पर्ने गरेको छ ।

सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिनुभएकी स्थानीय अनिता जोशीले भने, ‘यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ।’

कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।

तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुटरूपमा केही व्यक्तिले पुष्पखेती व्यावसायिकरूपमा गर्ने गरेको भए पनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस