१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आक्रमणमा बाँच्न सफल भएपछि इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

अ+ अ-

बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल -काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।

अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

म सबै पक्षहरूलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु, अल-काधिमीले आफ्नो भाषणमा उल्लेख गरेका छन् ।

बिहानको समयमा अल-काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रिन जोन स्थित उनको निवासमा बुबी-ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।

गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो।
शुक्रबार प्रदर्शनले ग्रिन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको उग्र रूप लिएको थियो जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत अक्टोबर १० मा भएको संसदीय चुनावको मत परिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेस गरिएका अपिल र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी सहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरू सडकमा आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस