७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयमा मुख्यमन्त्री शाहीको आकस्मिक निरीक्षण

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे जानकारी लिएका थिए । सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा रु १५ लाग्ने फारमलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने कामसमेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामलाई अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन् । उनले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए । मुख्यमन्त्री शाहीको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसल तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस