५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ दूतावासद्वारा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा सहयोग

अ+ अ-

कास्की । नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।

चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।

नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण , जनचेतन र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयलाई इन्टरनेट जडानका सहयोग गराइने छ । ।

सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् । सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रस्तावमा चिनियाँ दूतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो । सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् ।

यसै गरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको उनले जानकारी दिए । पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल रु २० लाख लगानी भएको उनले जानकारी दिए ।

कार्यक्रममा राजदूत यान्छीले नेपालको शिक्षा विकासमा सघाउन चीन सदैव तत्पर रहेको बताए। कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा धेरै विद्यार्थी प्रभावित बनेको जनाउँदै उनले ज्ञान, शिक्षा र दूर शिक्षाका लागि इन्टरनेट अत्यावश्यक रहेकाले सहयोग गरिएको हो भने।

विद्यालयमा इन्टरनेट अभावमा अनलाइन कक्षा सञ्चालन हुन नसक्ने भएकाले दूतावासले नेपालका धेरै विद्यालयमा सहयोग गरेको उनले जानकारी दिए ।

‘नेपाल र चीन नदी र पहाडले जोडिएका छिमेकी हुन्, दुःख र सुखमा सँगै हिँडेका असल मित्र हुन्’, राजदूत यान्छीले भनिन्, ‘कोभिड महामारीको सुरुआतमा नेपालले चीनलाई गरेको सहयोगप्रति चीन सदैव आभारी छ । नेपालमा महामारी गम्भीर भएपछि मेडिकल उपकरणलगायतमा चीनले मद्दत गरेको हो ।’

गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेकाले चीन सरकारको सहयोग आवश्यक रहेको बताए ।

गण्डकी प्रदेशको कला, संस्कृति र चीनको संस्कृति मिल्दोजुल्दो रहेकाले प्रदेश सरकारले नजिकको सम्बन्ध बनाउन चाहेको उनेको भनाइ छ । मुस्ताङसँग जोडिएको चीनको कोरला नाका सहज सञ्चालन भएको खण्डमा तीव्र विकासमा सहयोग पुग्ने भएकाले नाका खोल्न पहल गर्न राजदूत यान्छीसँग उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस