९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए ।

उनले भने, ‘ प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई/तीन दिन कुर्नुपर्ने अवस्था आएको छ ।’

कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

उनले भने, ‘तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ, कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन्, सेवाग्राहीलाई समस्या भयो ।’

पछिल्लो समय जिप्रकाबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ ।

कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।

कार्यालयमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको अर्का स्थानीयवासी दीर्घबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको र खाली हात घर फर्किनुपर्ने अवस्था आएको छ ।

नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ । प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस