७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई आक्रमण परी १८६ हुथी विद्रोही मारिए

अ+ अ-

रियाद । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ ।

एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह सहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीहरुलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिक रुपमा गरेका हवाई आक्रमणमा उच्च संख्यामा विद्रोहीहरु मारिँदै आएका सरकारी स्रोतले जानकारी दिएको छ ।

केही समय यताबाट दैनिक रुपमा साउदी नेतृत्वको गठबन्धनले सुरु गरेको हवाई आक्रमणहरुमा तीन हजार भन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । तर इरान समर्थित हुथीहरूले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका पनि समाचारमा जनाइएको छ ।

यद्यपि एएफपीले गठबन्धनको विद्रोहीहरु मृतकहरुको तथ्याङ्कलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन । गत शुक्रबार विद्रोहीहरूले होडेडाको दक्षिणमा रहेको एउटा ठुलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।

प्रतिक्रिया दिनुहोस