११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरिया मलको चर्को अभाव: नपाउँदा किसान आक्रोशित

अ+ अ-

डोटी । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोशित बनेका छन् ।

असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा झनै चिन्ता थपिदिएको छ ।

गहुँ छर्ने बेलामा पनि यहाँका किसानले आवश्यक मल पाएका छैनन् । युरिया मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने चिन्ता उनीहरूमा देखिएका छन् ।

मल ल्याउनका लागि सम्बन्धित निकायमा पटक पटक आग्रह गर्दासमेत मल नल्याएको भन्दै किसान आक्रोशित बनेका छन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिममा युरिया मल अभाव भएको छ ।

धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि मल अभाव भएपछि गहुँ बाली पनि नसप्रिने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी तथा व्यापारी धनबहादुर शाहीले बताए ।

उनले भने, ‘धानखेती बेलामा मल पाएनौँ, बेमौसमी वर्षाले धान बगाइदियो, अब गहुँ खेतीका लागि मल माग्दासमेत पाइँदैन, किसानले के गरी खाने ।’

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले भैरहवाबाट मल नआएका कारण मल अभाव भएको बताउँदै आएको छ । मलका लागि भैरहवा कार्यालयमा पटक पटक आग्रह गर्दासमेत ठेकेदारको लापरबाहीले मल आयात हुन नसकेको कम्पनीको दाबी छ ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्विकार्दै प्रदेशमा कूल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भए पनि आपूर्ति गर्ने जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जानकारी दिए ।

डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जिल्लामा मलको आपूर्तिका लागि तत्काल पहल गर्न सम्बन्धित निकायमा खबर गरेको र अन्य क्षेत्रमा पनि मलका लागि पहल भइरहेको बताए ।

उनले भने, ‘मलका लागि किसानले हामीकहाँ पनि गुनासो गर्नुभएको छ, मैले मल तत्काल ल्याउन आग्रह गरेको छु, अन्य क्षेत्रमा पनि मलका लागि पहल हुँदै छ ।’

मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । कृषि सामग्री कम्पनी दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुरा तथा गाई भैँसीको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले पनि आग्रह गरेको छ ।

निर्देशक यज्ञराज जोशीले ठुलो परिमाणमा गहुँ गहुँ छर्नेहरुबाट मल नपाएको गुनासो आएको बताए । ‘धेरै क्षेत्रफलमा गहुँ छर्न लागेकाहरूले मलको समस्या भयो भन्नुभएको छ । उहाँहरूको गुनासो आएपछि हामीले पनि समस्या हो वा हैन भनेर बुझेका छौँ’, उनले भने, ‘मलको चर्को समस्या देखा परेको हो । मागअनुसारको आपूर्ति गर्न सक्ने अवस्था रहेनछ ।’

यहाँ कृषि सामग्री कम्पनीले रासायनिक मल आपूर्ति गर्छ । तर मागअनुरूपको आपूर्ति भएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस