८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी नाकाबाट आयात सहज बन्दै

अ+ अ-

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ ।

अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे ।

अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, ओखर, तयारी कपडा, जुत्तालगायतका सामान आयात भइरहेको उनले बताए । नेपाली व्यापारीले ल्याएका सयौँ कन्टेनर सामान अझैँ चिनियाँ भूभागमा अड्किएको व्यवसायीहरुले जनाएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले नेपाल सरकारको पहलमा नाकाबाट सहज आयात हुँदै गएको जानकारी दिए ।

तातोपानी नाका सहज रुपमा सञ्चालनका लागि नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको नेतृत्वमा नाका आबद्ध व्यापारी व्यवसायीहरु पटक कटक परराष्ट्रमन्त्री नारायण खड्का, वाणिज्य मन्त्रालयमा, महावाणिज्य राजदुतावसलगायतका सरोकारवाला निकायलाई आग्रह गरे अनुसार उक्त नाकाबाट आयात बढेको अध्यक्ष श्रेष्ठले बताए ।

चिनियाँ पक्षले बिस्तारै आयात बढाइरहेको छ, ‘यो खुसीको कुरा हो’ श्रेष्ठले हर्ष व्यक्त गरे । उनले चिनियाँ भूभागमा अड्किएका मालवाहक कन्टेनर नाका भित्रिने सङ्ख्या बढेको सकारात्मक पक्ष भएको बताए । दसैँ र तिहारपछि तातोपानी नाकाबाट तातोपानी नाका भित्रिने कन्टेनर बढेपछि नेपाली व्यापारीलाई सान्त्वना मिलेको उनले बताए ।

चीनले नेपालतर्फको सडक, पूर्वाधार, बाढीपहिरो भूकम्पलाई मध्यनजर गर्दे तातोपानी नाकाबाट मालवाहक कन्टेनर पठाउन आलटाल गर्दे आएको थियो । नेपाल सरकारले नाकास्थित बाह्रबिसे तातोपानी सडक र भौतिक पूर्वाधार स्तरोन्नति गरेमा चीनले पूर्णरुपमा नाका सञ्चालन गर्नेमा तदारुकता देखाएको अध्यक्ष श्रेष्ठले बताए ।

सडक र पुलहरु व्यवस्थित बनाइएमा चीन र नेपालको व्यापारिक सम्बन्ध बढ्ने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक साल बन्ने र अर्को साल भत्किने सडक निर्माणले नाका सहजरुपमा सञ्चालन हुन कठिनाइ भएको उनले बताए ।

नाका सञ्चालनमा सहजता भएपछि तातोपानी बजारमा रौनकता बढेको छ । स्थानीय व्यापारी, ट्रक व्यवसायी, श्रमिकलगायतको आम्दानी बढ्न थालेको छ । नेपाल चीनबीच सबैभन्दा छोटो र सहज रुपमा चिनियाँ सामान राजधानी आइपुग्ने नाका तातोपानी नाका हो ।

तातोपानी नाकाबाट काठमाडौँ ११४ किलोमिटर दुरी रहेको छ । २०७१ सालदेखि उक्त नाका कहिले खुल्ने र कहिले बन्द हुने क्रमले नाका आबद्ध व्यापारी, व्यवसायी विदेश पलायन हुँदै आएका छन् ।

उक्त नाका पूर्णरुपमा सञ्चालनमा नआउँदा राज्यले ६ अर्ब भन्दा बढी राजश्व गुम्दै आएको छ । डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अर्जुन सुवालले नाकास्थित ध्वस्त सडकको स्तरोन्नतिका लागि दीर्घकालीन परियोजना तयार पार्न थालेको बताए । सडक अध्ययन प्रतिवेदन र बजेटबारे नेपाल सरकारलाई प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।

नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी नाका । दुई देश बीचको मितेरी पुल । चीनबाट नाका भित्रिँदै कन्टेनर ।

प्रतिक्रिया दिनुहोस