९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीशसम्बन्धी विवादले राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्‍यायो : नेपाल चिकित्सक संघ

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्बन्धी विवादले राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्‍याएको बताएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड मध्येको एक संस्था) नेपाल बार एसोसिएसनबाट गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ ।

संघले सोमबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतमा जारी समस्याको यथाशीघ्र समाधान निकालेर काम कारबाही सुचारु गर्न माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको इतिहासमा न्यायमूर्तिको रूपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादस्पद भई देशभरका सम्पूर्ण कानुन व्यवसायीहरू आन्दोलित भइरहेका छन् । जसका कारण कानुनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्‍याएको नेपाल चिकित्सक संघको ठहर छ ।’

सर्वोच्च अदालतमा जारी विवादको समाधान गर्नका लागि सहज र शान्तिपूर्ण वातावरण सिर्जना गर्न पनि सरकारसँग संघले माग गरेको छ । ‘कानुनी राज्य र विधिको शासन लागु गर्ने सम्मानीत अदालतको गरिमालाई जोगाउनका निम्ती नेपाल सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकालेर सम्मानीत सर्वोच्च अदालतको काम कारवाही अबिलम्ब सुचारु गर्न नेपाल सरकार लगायत सरोकारवाला निकायसँग नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस