६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला नाका जोड्ने सडक निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्षको चासो

अ+ अ-

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चासो देखाएका छन्। चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनमा सोमबार मुस्ताङ पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन् ।

जोमसोम पुगेका अध्यक्ष तिमिल्सिनाले बेनी–जोमसोम खण्डमा भइरहेको सडक निर्माणको अवस्थाका बारेमा आयोजनाका अधिकारीसँग जानकारी लिएर कोरला नाकातर्फ प्रस्थान गरेका छन् । विसं २०७३ देखि सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्ये ६ वटा प्याकेजमात्र निर्माण सकिएको छ ।

आयोजनाका अधिकारीहरूले जोमसोम–कागबेनी सडक कालोपत्र हुन लागेको, बेनी-जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा रहेको र तीनवटा प्याकेजको काम भइरहेको जानकारी गराए । पच्चीस किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइ भएको छ ।

सडक तयार भएसँगै कोरला नाका सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण सुरु गरिने अध्यक्ष तिमिल्सिनाले बताए । जोमसोममा पत्रकारसँग कुराकानी गर्दै उनले कोरलानाकामा भन्सार, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र सुरक्षा चेक पोष्टलगायत पूर्वाधार निर्माणका लागि चालु वर्षभित्रै वातावरण अध्ययन प्रतिवेदन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पूरा हुने जानकारी दिए ।

‘चालु वर्ष इआए र डिपिआर तयार गर्ने काम पूरा गरी अर्को वर्ष भन्सार लगायतको पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौताको प्रक्रिया अघि बढाउन तयारी भएको छ’, उनले भने,’भन्सार विभाग तथा सम्बन्धित अधिकारीहरुसँग कुराकानी गरिसकेको छु ।’ छोसेरको नेचुङमा बिओपी र लोमान्थाङको लुङ्खु फाँटमा नेपाली सेनाको क्याम्प खडा गरिएको छ । नेचुङमा बिओपीको भवन पनि निर्माण भइरहेको छ ।

यसअघि कात्तिक दोस्रो हप्ता राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुईजना कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने सडक निर्माणबारे जानकारी लिएर फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस