१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दको विरोधमा युवाको मोटरसाइकल र्‍याली

अ+ अ-

दमौली । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल र्‍याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल र्‍याली निकालेका हुन् ।

‘नेपाल बन्द नगरौँ, जनतालाई गरिखान देऊ, मूल्यवृद्धि फिर्ता गरौँ’ नारा लेखिएको ब्यानरसहित नेपालको झन्डा लिएर युवाले र्‍याली गरेका थिए ।

चापाघाटबाट सुरु भएको र्‍याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिए ।

१३ बन्दकर्ता नियन्त्रणमा

नेपाल बन्द गराउन सडकमा खटिएका १३ बन्दकर्ता दमौलीबाट ११ र डुम्रेबाट दुई बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको डुम्रे बजारबाट मगर मुक्तिमोर्चाका राष्ट्रिय सम्मेलन समिति सदस्य नीरु थापा र युवा सङ्गठन सदस्य सङ्घर्ष पक्राउ परेको प्रहरीले जनाएको हो।

यसअघि बिहानै दमौली बजारबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदा शङ्करलगायत पक्राउ परेका थिए ।

नेपाल बन्दका कारण दमौलीलगायत विभिन्न ठाउँका बजार बन्द छ । सवारीसाधन कम मात्रामा सञ्चालनमा भएका छन् । सञ्चालन भएका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नेपाल बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस