सुर्खेत । कर्णालीको नवनियुक्त मन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिए पनि अन्तिम समयमा आएर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
उनलाई आज (मंगलबार) साँझ प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।