१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमा गर्नेको सङ्ख्या करिब एक लाख

अ+ अ-

बनेपा । काभ्रेपलान्चोक जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाखको हाराहारी पुगेको छ ।

स्वास्थ्य बीमा गर्ने नागरिकले उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन, झन्झटिलो व्यवस्था र उपचारका क्रममा स्वास्थ्य बीमा गर्नेलाई भन्दा अन्य बिरामीलाई पहिलो प्राथमिकता दिएको पाइएकाले बीमाप्रति चासो नदेखाएको नागरिकको गुनासो छ ।

सरकारले नागरिकको उपचारलाई थप सहज बनाउनका लागि उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रम ल्याएकामा बीमा गरेका नागरिकलाई प्राथमिकता नदिएको भन्दै नवीकरणमा रुचि कम देखाएको पाइएको हो ।

जिल्लामा हालसम्ममा ९७ हजार ४३७ जनाले स्वास्थ्य बीमा गरिसकेको धुलिखेलस्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका दर्ता अधिकारी सरस्वती सिग्देल लुइँटेलका अनुसार धुलिखेल नगरपालिकामा २१ हजार छ, बनेपा नगरपालिकामा २२ हजार ६३, बेथानचोक गाउँपालिकामा एक हजार ७००, चौरीदेउराली गाउँपालिकामा एक हजार ४८६, खानीखोला गाउँपालिकामा ५५६, महाभारत गाउँपालिकामा ८८५, मण्डनदेउपुर नगरपालिकामा नौ हजार ५७६, नमोबुद्ध नगरपालिकामा पाँच हजार ३४६, पनौती नगरपालिकामा १५ हजार ९४६, पाँचखाल नगरपालिकामा १२ हजार ४०४, रोशी गाउँपालिकामा दुई हजार २२५, तेमाल गाउँपालिकामा एक हजार २७४ र भुम्लु गाउँपालिकामा तीन हजार २७० जनाले स्वास्थ्य बीमा गरिसकेका छन् ।

बीमा गरेकामध्ये करिब ७५ प्रतिशतले नवीकरण गरेको पाइएको र तीमध्ये पहिलो वर्षमा करिब ४५ प्रतिशतले मात्रै नवीकरण गरेकामा दोस्रो वर्षमा आइपुग्दा सङ्ख्या बढेर करिब ७५ प्रतिशत पुगेको उनले बताइन् ।

“बीमा गरेका नागरिकले तोकिएका अस्पतालमा उपचार गराउन जाँदा कहिले विवरण नमिलेको कारण देखाउँदै त कहिले विभिन्न बहाना बनाएर उपचारमा कम प्राथमिकता दिएको गुनासो गरेका थिए ।

त्यसलाई व्यवस्थित गर्न सम्बन्धित अस्पतालमा आग्रह गरिएपछि सेवामा सुधार आएकाले नवीकरण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।’ उनले भनिन्, ‘अझै पनि त्यसलाई व्यवस्थित गर्दै जाने हो भने नवीकरण गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जाने देखिन्छ ।’

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि सङ्ख्या बढाउन सबै वडामा बीमा दर्ता सहयोगी खटिरहेका कार्यालयका दर्ता अधिकारी लुइँटेलको भनाइ थियो ।

बीमा गर्ने नागरिकका लागि जिल्लास्थित धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, मेथिनकोट प्राथमिक स्वास्थ्य केन्द्र र सुनथान प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ ।

पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र तोकिए पनि विविध कारणले त्यहाँबाट सेवा दिन नसक्ने जानकारी आएको उनले बताइन् ।बीमा गराउनका लागि जानकारी गराउने र र नवीकरण गर्नेको विवरण अद्यावधिक गरे अहिलेको सङ्ख्या अझ बढ्न सक्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस