१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

अ+ अ-

काठमाडौँ । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस रोल्पाको माडी गाउँपालिका–२ जलजलामा दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर र अरुको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बस बिहीबार बेलुका शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस