रुपन्देही । नेकपा एमाले रुपन्देहीका नेता एवं पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
नेता यादवले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले पार्टीको साधारण सदस्यमा भने रहने बताएका छन् । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् ।
उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।