६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ : प्रवक्ता ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उनले नीतिका बारेमा विधान महाधिवेशन गरिसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

उनले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताए । ‘नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ’, उनले भने, ‘सेती र त्रिशूली नदीको पानी फरक फरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।’

उनले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भने, ‘तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्ताबेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ ।’

‘यति ठुलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हर सम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ’, उनले भने, ‘सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफेर हुँदैन ।’

उनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताए ।

उनले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिए । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उनको भनाइ छ ।

चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इन्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस