१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति सोमबार महोत्तरी जाँदै

अ+ अ-

जलेश्वर । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (सोमबार) महोत्तरी जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर जाने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आतुर देखिएका छन् ।

उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताए ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उनलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।

अनादी कालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका बेला स्वयं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भर्‍याङ) मुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहन्छन् ।

यस मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस