१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसी अस्पतालले रेबिजविरुद्धको खोप निःशुल्क लगाउने

अ+ अ-

विराटनगर । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ ।

सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए ।

हाल यो सेवा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ ।

राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । यसका लागि अस्पतालबाहिर रु १२ हजारसम्म शुल्क तिर्नुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा. दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताए । उनले अस्पतालमा नियमित एक हजार हाराहारीमा बिरामी आउने गरेका छन् ।

उपयुक्त दरबन्दी बिना कसरी सेवा प्रदान गर्नु अस्पतालको ठुलो समस्या रहेको उनले बताए । उनले पूर्व क्षेत्रको पहिलो ठुलो यो अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गरिरहेको बताउँदै अस्पतालभित्र छिर्न चौतर्फी बाटोहरु रहेकाले यसभित्रको सामान उपकरणको सुरक्षामा पनि समस्या देखिएको छ भने ।

नियमित बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रबिन्दु मानेर दत्तचित्त भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए ।

उनले प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने सुझाव दिए ।

प्रजिअ दाहालले प्रजिअ दाहालले यो पेसा र सेवालाई बाहिरका मानिसले होइन, तपाँइ हामीले नै मिलेर स्वच्छ र राम्रो बनाउनुपर्ने जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस