८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’

अ+ अ-

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सञ्चारमाध्यममा तेस्रोलिङ्गी समुदायका विषयले स्थान पाईरहेको र आगामी दिनमा सोही समुदायका व्यक्तिको थप तदरुकता जरुरी रहेको बताए ।

‘मिडियाले यो लेख्यो, यो लेख्नेभन्दा पनि यो समुदायका लागि मिडियाले के गर्नुपर्ने हो, के गर्यो भने ठिक हुन्छ भन्ने लाग्दछ, त्यो प्रष्टरुपमा मिडियालाई जानकारी गराउनुपर्दछ’, उनले भने ।

वरिष्ठ पत्रकार माधव दुलालले तेस्रोलिङ्गी समुदायका विषयमा सरकारी निकायले बोल्न नचाहानु, सरकारलाई यो समुदायले झक–झकाउन नसक्नु, जनगणनामा यो समुदायलाई समावेश नगरिनु लगायतका समस्या रहेको बताए । ‘हामी पत्रकार साथीहरुले यसमा सहयोग त गरिरहेका छौँ तर, यो समुदायमा नै एकरुपता छैन, पत्रकारलाई नै धम्काउनेलगायतका प्रवृत्तिले पनि गाह्रो भएको छ’, उनले भने ।

कार्यक्रमका अध्यक्ष आरती लम्साल, अधिवक्ता सुजन पन्त, तेस्रोलिङ्गी अधिकारकर्मी एवं नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव भरत शर्मा, पत्रकार युवराज गौतमलगायतले यो समूदायका लागि यथेष्ट कानून निर्माण भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा समस्या परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस