८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धिका लागि पूर्वमाओवादीबीच ध्रुवीकरण हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन माओवादी घटकबीच एकता अनिवार्य रहेको बताए ।

“निराशा र कुण्ठा हटाउँदै नयाँ ऊर्जाका साथ समाजवादी क्रान्तिलाई अगाडि बढाउन नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ”, उनले भने। प्रविधि सुहाउँदो पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।

प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष बलराम थापाले पत्रकारले जनताको विषयलाई उठाउनुपर्ने बताए। सेन्टरका निवर्तमान उपाध्यक्ष सचिन रोकाले पत्रकारितालाई बलियो बनाउन पत्रकारको क्षमता अभिवृद्धि गरिनुपर्ने बताए ।

यसैबीच, तेस्रो अधिवेशनबाट प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र वली सर्वसम्मति चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईं, खुल्ला उपाध्यक्षमा शम्भु दङ्गाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, सचिव खुलामा अशोक घिमिरे, विमल खड्का, विजय फुयाँल, जनजाति सचिवमा विवेक लोप्चन, महिला सचिवमा पार्वती खड्का, मधेसी सचिवमा विजय यादव, दलित सचिवमा लक्ष्मण दर्नाल र कोषाध्यक्षमा रामचन्द्र बस्नेत चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल रासस शाखा अध्यक्षमा रत्नकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । संगठनको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना, सहसचिवमा समुन्द्रा घिमिरे र कोषाध्यक्षमा नवीन पौडेल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा विष्णुप्रसाद लामिछाने, जमुना धमला, शशीधर अधिकारी र प्रदीपराज वन्त निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हरि लामिछानेले सङ्गठनलाई एकताबद्ध बनाएर लैजान तथा श्रमजीवि जनताको पक्षमा कलम चलाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस