७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक कारणले यात्रुलाई बिचमै ओराल्नुपर्ने बाध्यता पर्‍यो : निगम

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजले रुकुमको सल्ले लानुपर्ने यात्रु नेपालगन्ज लगेर ओरालेकोमा स्पष्टीकरण दिएको छ ।

निगमले प्राविधिक अड्चनका कारण यस्तो घटना भएको भन्दै अब दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएको छ ।

मङ्सिर ५ गते काठमाडौँबाट रुकुमको सल्लेका लागि उडानका गर्ने क्रममा गन्तव्यमा नपुगी ड्युटी सकिएको भन्दै पेम्वा शेर्पाले नेपालगन्जमा नै जहाज अवतरण गरेका थिए । मन्त्रालयको चर्को विरोधपछि निगमले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो ।

गन्तव्यमा जहाज नपुगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पाइलट शेर्पालाई स्पष्टीकरण सोध्न निगमलाई निर्देशन दिएका थिए । मन्त्रालयले हिजो स्पष्टीकरण सोध्दा केही नबोलेको निगमले आज विज्ञप्ति निकालेर चालक शेर्पाको बचाउ गरेको छ ।

‘हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन/ नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।

रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौँमै राखिरहनु भन्दा नेपालगन्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय भएको नेवानीले भनेको छ ।

सम्बन्धित समाचार : गन्तव्यमा नपुर्‍याई बीचैमा जहाज अवतरण गर्ने एयरलाइन्सका पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

प्रतिक्रिया दिनुहोस