काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एस) का नेता झलनाथ खनाल र भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबिच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत रहेका खनाल र शर्माबिच बुधबार नयाँबानेश्वरको एभरेस्ट होटेलमा भेटवार्ता भएको हो ।
करिब दुई घण्टा लामो भेटघाटमा समसामयिक राजनीति, दुई देशबिचको आपसी सम्बन्ध, दुई पार्टीबिच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोग आदिबारे छलफल भएको बताइएको छ ।