१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुमेको दृष्टि वृद्धावस्थामा फर्किँदाको खुसी

अ+ अ-

पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका–५ की नरीमाया चेम्जोङ ७४ वर्ष पुगिन् । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दिनन् । तर उमेर ढल्कँदै जाँदा श्रवण शक्ति पनि कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उनको दिन निकै कष्टपूर्ण बन्‍यो ।

असाध्यै अप्ठ्यारोमा परे पनि उहाँको सुविधासम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । गाउँमा शल्यक्रियासहितको आँखा शिविर घर नजिकैको यासोक बजारमा आउने सुनेपछि उनी छोराको सहयोगले उपचार गर्न आइन् । शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि अहिले नरीमाया खुसी छिन् ।

कुम्मायक गाउँपालिकाको यासोक बजारमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा भेटिएका कुम्मायक(३ का ७२ वर्षीय रघुनाथ चम्लागाईँलाई आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो लागेको छ ।

वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘आफ्नै परिवारका मान्छे चिन्न पनि गाह्रो थियो। अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।’

गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको उनको अनुभव छ । घर नजिकैको यासोक बजारमा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने चेम्जोङ र चम्लागाईँ प्रतिनिधि पात्रहरु मात्रै हुन् ।

कुम्मायक गाउँपालिका र नेत्रज्योति सङ्घ ताप्लेजुङको सम्झौतापछि आँखा उपचार केन्द्र यासोक बजारमा स्थापना भएको छ । आँखा उपचार केन्द्रको उद्घाटनसँगै आयोजित शिविरमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका सेवाग्राही खुसी भए ।

उक्त शिविरमा २४ ज्येष्ठ नागरिकको मोतियाविन्दूलगायत आँखाका समस्याको शल्यक्रियासहितको उपचार भएको छ । अन्य २८९ जनाले आँखासम्बन्धी समस्या समाधानका लागि शिविरबाट सेवा लिएका छन् ।

शिविरसँगै यासोकमा स्थापना भएको आँखा उपचार केन्द्रले दैनिक आँखा उपचारको सेवा दिने आँखा उपचार केन्द्र यासोकका प्रमुख वसन्त लिम्बूले जानकारी दिए । कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्रलाई वार्षिक रु सात लाख बजेट र भवन उपलब्ध गराउने गराएको छ ।

विशेषत ज्येष्ठ नागरिकले सुविधायुक्त स्थानसम्म पुगेर आँखाको उपचार गराउन नसक्ने देखिएपछि आँखा शिविर सञ्चालन र आँखा उपचार केन्द्र स्थापना गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

शिविरमा इटहरी आँखा अस्पतालका डा अङ्किता शर्मासहित नौस्वास्थ्यकर्मीको टोलीले जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका आँखाको समस्या भएका बिरामीको निःशुल्क उपचार गरेको थियो । यसक्रममा चश्मा र औषधिसमेत वितरण गरिएको छ ।

दुई वर्षअघि समेत कुम्मायक गाउँपालिकाले यासोक बजारमा शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार ११० जनाले सेवा पाएका थिए भने ११३ जनालाई शल्यक्रियासहितको सेवा प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकालाई समेत उपचारमा जान प्रोत्साहित गरिरहेको छ ।

यो गाउँपालिकाले चार वर्षको अवधिमा पाँचवटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा करिब दुई हजार सर्वसाधारणले सेवा पाएका छन् । यसरी सेवा लिनेमा कुम्मायकसहित तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण छन् ।

प्रतिक्रिया दिनुहोस