काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ ।
मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।
बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको थियो । अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको छ ।
यादवलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी थियो । तर जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईलगायत अन्य नेताहरुले साधारण सदस्यबाट हटाउन उचित नहुने धारणा राखेपछि केन्द्रीय समितिबाट मात्र हटाइएको छ ।