१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशमा विकासको लहर ल्याउन एमालेले एकल बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कसरी महाधिवेशन गर्छ भनेर आम जनता र देशले हेरिरहेको उल्लेख गर्दै सहमतिका साथ महाधिवेशन सम्पन्न हुने आशामा रहेको उल्लेख गरे ।

उनले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलन देखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको दाबी गरे । हिजो इतिहासमा रगत बगाएर देशलाई यहाँसम्म ल्याउन बलिदान गरेको पार्टीको महाधिवेशन भइरहेको उनको भनाइ छ ।

उनले भने–‘आजका समस्याहरू ठिक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो । हामीले संघर्षका ७२ वर्ष पार गरेका छौँ ।’

उनले संविधानको रक्षाका लागि, देशमा विकासको लहर ल्याउन ल्याउनका लागि एकल बहुमत ल्याउन जरुरत रहेको उल्लेख गरे । अध्यक्ष ओलीले भने;’मैले भनिरहेको छु, हामी परमादेशको बाटोमा नजाऊँ, बरु जनताका बीचमा जाऊँ भनेर मैले आग्रह गरेको थिएँ । त्यसलाई रोकियो । अब चुनाब आउँदैछ, म पार्टीका नेता कार्यकर्तालाई भन्न चाहन्छु । अब एमालेका लागि हैन देश बनाउनका लागि हामीले एकल बहुमत ल्याउनुपर्नेछ ।’

उनले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ, सम्भव हुने व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा रहेको एमाले रहेको बताए । उनले महाधिवेशन सहमतिका साथ अघि बढ्ने उल्लेख गरे । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको चर्चा गर्दै उनले संविधानमै अंकित भइसकेको सो नक्शाअनुसारको भूभाग फिर्ता लिन बाँकी नै रहेको पनि बताए । संवादका माध्यमबाट आफूहरुले उक्त भूभाग फिर्ता ल्याउन सकिने विश्वास लिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस