९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई देश राम्रो हुन्छ भन्ने विश्वास र भरोसा दिन सक्ने नेतृत्व आवश्यक छ: नेता थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।

शनिवार काँग्रेस काठमाडौँ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन् ।

उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिन सक्ने नेतृत्व आवश्यक भएकोमा जोड दिए ।

उनले भने, ‘यो अधिवेशनबाट काँग्रेसको मूल अनुहार, काँग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो । हामी कोही नभएर केही हुँदैन, तर काँग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ । चुनावदेखि चुनावको गोल चक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौँ काँग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव, तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होइन, नागरिकलाई एउटा भरोसा चाहिएको छ । यत्रो लामो सङ्क्रमण पछाडि एउटा भरोसा चाहिएको छ । केही ठिकठाक हुन्छ, केही कुरा बदलिन्छ । योभन्दा राम्रो हुन्छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिन सक्ने नेपाली काँग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट काँग्रेसको नेतृत्व बदल्नुपर्छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरूको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताए । कसले नेतृत्व गर्दा राजनीतिक रूपमा न्याय र जायज हुन्छ, उसको नेतृत्वमा जानुपर्ने उनले बताए ।

सकेसम्म १२औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरू पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘अधिवेशन हो, अधिवेशन भनिसकेपछि सङ्ख्या हुन्छ । गणित हुन्छ । सङ्ख्याले, गणितले भनिरहेको छ, पार्टीको नेतृत्व बदल्नको लागि नेतृत्व बदल्ने सङ्कल्प गरेर मैदानमा आउनुभएको नेताहरूको बिचमा एकता हुन आवश्यक छ । एउटा समझदारी हुन आवश्यक छ । त्यो समझदारी कायम गर्नैपर्छ । समझदारी कायम गर्दै गर्दा खेरी स्वाभाविक रूपमा कसको नाममा समझदारी कायम हुन्छ, कसले नेतृत्व गर्दै गर्दा न्याय हुन्छ । राजनीतिक न्याय हुन्छ । जायज हुन्छ भन्ने कुरा आवश्यकता पर्दा खेरी उपयुक्त समयमा हामीजस्ता प्रत्येक कार्यकर्ताले बोल्नेछौँ । बोल्न तयार छौँ । सकिन्छ, १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका सबै नेता गण एकै ठाउँ उभिनुपर्छ । एक ठाउँमा उभिएर देशभरिबाट आएका साथीहरूको जुन उत्साह छ, त्यो उत्साहलाई सङ्गठित गरेर, संयोजन गरेर नयाँ नेतृत्व ल्याउनैपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस