७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो परिमाणमा विदेशी मुद्रासहित एक पक्राउ

अ+ अ-

गण्डकी । कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा रु दुई करोड ३२ लाख छ हजार हुन आउँछ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल पक्राउ गरेको प्रहरीले जनाएको छ । विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र हवाईजहाज चढेर काठमाडोँ जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस