काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो ।
बैंकको घोषित लाभांश लिन चाहनेले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३।५ प्रतिशत नगद लाभांश पाउने छन् ।
बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३।५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ ।