१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र सुदृढ बनाउन काँग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरशः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न काँग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।

काँग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत चयन भएपछि शनिबार घोषणा सभामा बोल्दै उनले काँग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे ।

गृहमन्त्री खाँणले भने, ‘काँग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।’

उनले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए।

पार्टीभित्र सहमति र सहकार्यले काँग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उनले काँग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गरे ।

रुपन्देही गृहमन्त्री खाँणको गृह जिल्ला हो । रुपन्देही काँग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाँण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित भएका छन् ।

गृहमन्त्री खाँणको पहलमा रुपन्देहीका सङ्घीय सांसद द्वय भरतकुमार शाह, प्रमोद यादव, काँग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही काँग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाँण सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । घोषणा सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले निर्वाचनबाट चुनिएको सभापतिभन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताएका थिए।

काठमाडौँ जिल्ला अधिवेशन आज : बाँनिया र कार्कीबीच प्रतिस्पर्धा

नेपाली काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मङ्सिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।

निर्वाचन समितिले शनिबार नै मतदाता नामावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको काँग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए ।

काठमाडौँ काँग्रेसको सभापतिका लागि वर्तमान सभापति कृष्ण ९सबुज० बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा हुने भएको छ ।

बाँनिया समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् ।

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस