१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा भारी अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

अ+ अ-

काठमाडौँ । मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज (आइतबार) बजारमा ८०.२९ अङ्कको गिरावट आएको हो ।

यसअघि मौद्रिक नीतिले एक बैङ्कबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैङ्क तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो ।

समीक्षामार्फत यो व्यवस्थाको दायरा बढाइने धेरैको अनुमान थियो । परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम केही बढेको छ । ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ ३४, व्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैङ्क २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रो फाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अङ्कले घटे । १८२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मात्रै बढेको छ ।

आइसिएफसी फाइनान्सको मूल्य भने ९.७ प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो ।हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८.४ प्रतिशतले घट्यो ।

मानुषी लघुवित्तको ८, प्राइम लाइफ इन्स्योरेन्सको ७।३ प्रतिशतले मूल्य घट्यो । कारोबारका आधारमा महालक्ष्मी विकास बैङ्क अग्रस्थानमा रह्यो । सो कम्पनीको २८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस