१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।

महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत मोटरसाइकल बरामद गर्दै आएको जानकारी दिए । उनले एकान्त ठाउँमा पार्किङ नगर्नसमेत सवारी धनीलाई आग्रह गरे ।

महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २१ जनालाई पक्राउ गरी कारबाहीका लागि उपत्यकाका विभिन्न वृत्तमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस