११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फाइबर टू द होम’ सेवाको सहज पहुँच

अ+ अ-

सुदूरपश्चिम । नेपाल टेलिकमले उपलब्ध गराउन थालेको एफटिटिएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुन थालेको छ ।

कैलालीमा छोटो अवधिमा यो सेवा छ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकको घरमा जडान हुने फाइबरको एउटै तारवाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरुले फाइबरको एकै तारवाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताए ।

हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडिएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।

आगामी माघ १ गतेसम्मका लागि एफटिटिएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम् रु १५ हजार ९८० शुल्क लाग्ने बताइएको छ । यस्तै इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक रु १० हजार ५०० शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । ‘छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ”, प्रमुख मल्लले भने, ‘वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।’

कपर नेटवर्क (एडिएसएल) सेवाको तुलनामा यो एफटिटिएच सेवाको क्षमता बढी हुने गरेको छ । कैलालीको हकमा धनगढीसहित अत्तरिया, भजनी, टीकापुर र लम्कीमा यो सेवा विस्तार भइरहेको छ । प्रमुख मल्लले हाल सुदूरपश्चिम प्रदेशका बाजुरा, दार्चुला र बझाङबाहेक सबै जिल्लामा यो सेवा विस्तार भइरहेको बताए । नेपालमा पाँच वर्षअघि देखि नेपाल टेलिकमले यो एफटिटिएच सेवा दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस