५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सान्जेन र रसुवागढी आयोजना छिटो सक्न प्राधिकरणको ताकेता

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका यी आयोजना निर्माण सक्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्न पहल गरेको हो ।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढी पहिरो, कोभिड–१९ महामारीलगायतका कारण आयोजनाहरूको निर्माण प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण स्थलको अनुगमन गरी आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

यी आयोजनाका मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेका छन् । बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर सात/आठ महिनाभित्रमा सम्पन्न गर्न घिसिङले निर्देशन दिएका हुन् ।

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रो मेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सकिएको छ । विद्युत् गृहका उपकरण रहने संरचना पनि तयार भएको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रो मेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ ।

निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मङ्गलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरण जडान सुरु गर्ने आयोजनाका अधिकारीले बताएका छन् । प्रसारण लाइनको टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

उता रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिए ।

‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ,’ घिसिङले भने, ‘उपकरण जडानका लागि कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी आठ÷नौ महिनाभित्र सक्नुपर्छ भनेका छौँ । ‘

तीन वटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सब स्टेसनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हब सब स्टेसन र चिलेमी–त्रिशूली थ्री बी हब सब स्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यही प्रसारण लाइनमार्फत यी आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस