१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवर्णजीमा प्रजातन्त्रप्रतिको निष्ठामा कहिल्यै कमी आएन : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताएका छन् ।

सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शम्शेर’को लोकार्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शम्शेरमा कहिल्यै कमी नआएको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले भने, ‘असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलोपटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गर्नुभयो, प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उहाँ प्रजातान्त्रिक समाजवादी नेता हुनुहुन्थ्यो ।’

पार्टीको आगामी महाधिवेशन, सञ्चालन र नेतृत्वका विषयमा उठेका प्रश्नमा नेपाली कांग्रेसका सभापति देउवाले युवा पुस्तालाई नेतृत्व लिन हतार गर्न सुझाव दिँदै पार्टीलाई अन्तरघातविहीन बनाउने गरी काम गर्न निर्देशन दिए । उनले भने, ‘तपाईंहरु नआत्तिनुस्, हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ, चिन्ता नगर्नुस् ।’

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसजनले सुर्वण शम्शेरजस्तै लिन होइन दिन राजनीतिमा लागेको हो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नुपर्ने उल्लेख गरे । उनले भने, ‘एकता, समन्वय र समझदारी कायम गर्दै वर्तमान सभापतिकै नेतृत्वमा पार्टीलाई गतिशील तुल्याउँदै बाँकी कार्यभार पूरा गर्न र लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न लाग्नुपर्छ ।’

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले परिवर्तनलाई संस्थागत गर्न, सामाजिक रुपान्तरणका विषयलाई साझा तुल्याउन, राजनीतिमा परिवर्तनका विषयमा उठेका प्रश्न सम्बोधन गर्न तथा प्रतिपक्ष नेतालाई सहिष्णु हुन सुझाव दिए। उनले भने,’अहिलेको ढर्राबाट नभई कांग्रेसलाई जनचाहनाअनुरुप रुपान्तरण गर्दै अघि बढाउन सभापतिलगायतका पुराना पुस्ताबाट सहयोग हुन आवश्यक छ ।’

केन्द्रीय सदस्य रमेश लेखकले अध्ययन, ज्ञान, सूचना र सीप मिलाएर ऐतिहासिक, बहुआयामिक र प्रेरणापुञ्ज सुर्वणजीका बारेमा लेखिएको पुस्तक पठनीय मात्र नभई सङ्ग्रहयोग्य रहेको बताए । उनले भने, “सुवर्णजीले तन, मन र धन प्रजातन्त्र र मुलुकको समृद्धिका लागि समर्पण गर्नुभएको छ, उनको भावनाअनुरुप आगामी महाधिवेशनमा पार्टी एकताबद्ध र सुदृढ तुल्याउने काममा सबै तह र तप्का लाग्नुपर्छ ।”

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घलेलगायतले सुवर्ण शम्शेरलगायत पार्टीका सम्मानित नेताका नाममा सडक, अस्पताल र सार्वजनिक भवन निर्माण गर्न सुझाव दिँदै उनीहरुले प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानबारे चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष धु्रव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे प्रतिष्ठानले जनहितका लागि गरेका विभिन्न क्रियाकलाप र पुस्तकमा सुवर्ण शम्शेरबारे समेटिका विविध पक्षबारे जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस