१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासायनिक मलबिनै खेती लगाउँदै कैलालीका किसान

अ+ अ-

भजनी । कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । यस वर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँ खेती सुरु गरेका उनले मल नहालेरै खेतमा गहुँ छरेका छन् ।

‘युरिया मल जति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।’ उनले भने, ‘खेती लगाउनै पर्‍यो । खेत बाँझो राख्ने कुरा पनि भएन । भाडामा लिएर खेती गरेको जग्गा मालिकलाई भाडा दिनैपर्छ । मल बिना लगाएको खेतीको उब्जनी के होला र ?’

रासायनिक मलको चरम अभाव देखिएपछि उनी मात्रै नभई अधिकांश किसानले मलबिनै खेती गर्न थालेका छन् । धानका मौसममा युरियाको र गहुँका मौसममा डिएपी मलको अभावले किसान बर्सेनि चिन्तित छन् ।

खेती लगाउँदा रासायनिक मलको प्रयोग बढी भएका कारण कम्पोस्ट मलले उब्जनी राम्रो नहुने भन्दै किसान रासायनिक मलको प्रयोग बढी गर्दै आएका छन् ।

खेती गर्दा पनि माटोले रासायनिक मल प्रयोग नगरेर उत्पादन नै दिन नसक्ने बताउँदै स्थानीयवासी अमर कठरियाले गहुँ खेतीमा डिएपी मल अत्यावश्यक भएको बताए । उनले बर्सेनि रासायनिक मलको अभाव हुने गरेको बताउँदै तीन तहको सरकार भएर पनि किसानलाई कुनै राहत नभएको गुनासो गरे ।

कठरियाले सरकारले धानको समर्थन मूल्य तोक्ने खाद्यले धान खरिद नगर्ने जस्ता समस्यामा अझै पनि किसान रहेको जनाउँदै वास्तविक किसानलाई सरकार छ,भन्ने कुनै महसुस नै नभएको गुनासो गरेका छन्।

‘चाहिएको समयमा नत मल पाइन्छ, नत सरकारले आफै तोकेको मूल्यमा हाम्रो उत्पादन बिक्री हुन्छ ।’ उनले भने,’अनि कसरी भनौँ किसानका लागि सरकार छ भनेर । यो वर्ष बाढी र डुबानका कारण भोकमरीको चिन्तामा किसान भए पनि सरकारले राहत दिने भनेको छ तर, कहिले दिन्छ त्यसको कुनै पत्तो छैन ।’

कृषि सहकारीमा पनि मल छैन । छिटपुट रुपमा बजारमा रासायनिक मल पाइए पनि सामान्य किसानले त्यत्रो मूल्य तिरेर मल खरिद गर्न सक्ने अवस्था नरहेको जोशिपुर गाउँपालिका–१ का किसान सीताराम चौधरीले जानकारी दिए । ‘केही व्यापारीले भारतबाट अवैध रुपमा मल खरिद गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् । त्यो मल आम किसानले खरिद गर्न सक्दैन ।’

उनले भने, ‘समयमा मल नपाउँदा गहुँ खेती गर्ने समय ढल्किँदै छ । मल पाइएको छैन । यो वर्ष उत्पादनमा निकै ह्रास आउने निश्चित छ ।’ जानकी गाउँपालिका–४ मा रहेको मुनुवा कृषक सहकारी संस्थासँग पनि रासायनिक मल छैन ।

सहकारीले करिब तीन सयभन्दा बढी हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गर्दै आएको छ । मल नपाएपछि गहुँ छर्न ढिलो भइसकेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले मलका लागि भैरहवा पठाएको गाडी खाली फर्किएको जानकारी दिए ।

‘भैरहवामा डिएपी मल छ, भन्ने सुनेपछि सहकारीको गाडी मल ल्याउनका लागि भैरहवा पठाएका थियौँ । डिएपी ल्याउन पठाएको गाडीमा युरिया मल ल्याउनुपर्‍यो ।’ उनले भने, ‘मलको अभाव हाम्रो क्षेत्रमा मात्रै होइन, देशैभरी हाहाकार छ । सरकारले आवश्यकता भन्दा बढी मल आयात भएको छ भन्छ । तर किसानको खेतमा एक दाना पनि मल पुग्दैन ।’

प्रतिक्रिया दिनुहोस