९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग

अ+ अ-

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्’, उनले भने, ‘यसमा राज्यले आवश्यक सहयोग गर्नुपर्छ ।’

उनले विगत १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको बताए । कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए ।

सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौँ कपनकी यमुना वाग्लेलाई रु दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो ।

विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस