१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारको विषय उठाउँदा कर्तव्यपालनामा पनि ध्यान दिऔँ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन हुन्न भने । अध्यक्ष नेपालले भने, ‘शिक्षक परिवर्तनका सम्वाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रुपान्तरण हो, शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरुलाई सिकाउनुपर्छ ।’

शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पुर्‍याउन सुझाव दिँदै उनले भने, ‘अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।’ अर्को एक प्रसङ्गमा मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको जानकारी गराए ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं संयोजक भीमबहादुर बस्नेतले सङ्गठन वैचारिक ढङ्गबाट स्खलित र साङ्गठनिक हिसाबले एकलौटीको प्रयास भएपछि नयाँ सङ्गठन बनाएर अघि बढ्ने प्रयासमा जुटेको जानकारी दिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापकद्वय बद्रीप्रसाद खतिवडा र वेधनिधि निरौला र नवगठित सङ्गठनका उपाध्यक्ष भगवती राजभण्डारीले कक्षा कोठाप्रति इमान्दार भएर दक्षताका साथ काम गर्ने शोषित पीडित शिक्षकलाई सङ्गठनले उत्प्रेरणा जगाउने काममा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।

‘शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलनमा मुलुकका ७३ जिल्लाबाट प्रतिनिधिमूलक रुपमा शिक्षक शिक्षिकाको सहभागिता रहेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस