६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनिर्वाचित राप्रपा अध्यक्षको पदबहाली

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।

पद बहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्द राष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फ उन्मुख रहन कार्यकर्तालाई निर्देशन दिए ।

विगतमा नेतृत्वले पार्टीको एजेन्डालाई कार्यान्वयन गराउन प्रस्ट अडान नलिएकाले चुनावमा पराजय भोग्न परेको जिकिर गर्दै उनले पहिलेका कमी कमजोरीबाट शिक्षा लिएर महाधिवेशन प्रतिनिधिको भावनाअनुसार आगामी निर्वाचनमा आफ्नो दललाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराइने विचार व्यक्त गरे ।

झापा क्षेत्र नं ३ बाट सङ्घीय प्रतिनिधिसभामा समेत निर्वाचित अध्यक्ष लिङ्दनले राप्रपाको आदर्श, इतिहास र गौरवलाई संरक्षण गर्न अग्रज नेतृत्वको सुझावका साथै अन्य नेतासँग समन्वयका आधारमा विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्ने विश्वास व्यक्त गरे ।

प्रजातान्त्रिक प्रणालीमा हुने निर्वाचनमा मतदाताको निर्णयलाई सर्वोच्च मान्नुपर्नेमा जोड दिँदै उनले हार जीतको परिणाम भनेको प्राविधिक विषय भएको र मतदाताको विवेकपूर्ण निर्णय सबैलाई मान्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस