१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमिक्रोनपछि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ

अ+ अ-

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड-१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ ।

बैठकले हाल कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।

धार्मिक कार्य, विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरु स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भममा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड-१९ को सङ्क्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्य रुपमा ज्वरो लगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगााउने, सबै खालका सवारी साधनहरुमा यात्रुहरुले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरुको कार्यक्रमहरुमा मानिसहरुको अत्यधिक भीडभाडका कारण कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।

हाल कोभिड-१९ को सङ्क्रमण प्रदेश नं १ मा न्यून देखिए पनि नयाँ भेरियन्टको सङ्क्रमणको विषयलाई लिएर मानिसहरुमा निकै चिन्ता पनि देखिएको छ । केही मानिसहरु मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र गराउनेतर्फ चेतना पनि अभिवृद्धि गरिरहेको पाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस