१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता

अ+ अ-

रुपन्देही । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता गरेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ का बुधु पासीले आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा परमादेश रिट दर्ता गराएका हुन् । उनका दाजु रामपलट भन्ने लौटु पासीलाई २०६० चैत ११ मा बेपत्ता भएका थिए । साविक बोधबार गाविस वडा नम्बर ३ का पासीलाई तत्कालीन समयमा नेपाली सेनाको टोलीले माओवादी भएको आरोपमा नियन्त्रणमा लिएको थियो । सेनाले २०६१ जेठ २५ गते सोमबारका दिन अन्तिम भेट गर्न दिए पनि त्यसपछि नदिएको भाइ बुधुले बताए ।

अहिलेसम्म पनि दाजुको अवस्था पत्ता नलागेपछि बुधुले भदौ १३ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर गएका थिए। प्रहरीले जाहेरी नलिएपछि भदौ १६ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ताको प्रयास गरेका थिए यद्यपि उक्त कार्यालयले समेत मुद्दा दर्ता र दरपिट दुवै नगरेपछि पीडित बुधु बाध्य भएर अदालत गएका हुन् ।

यसअघि उनी पटकपटक जिल्ला प्रशाशन कार्यालय, स्थानीय शान्ति समितिलगायतमा आफन्तको अवस्था सार्वजनिक गर्न माग गरेका थिए । यद्यपि ती कार्यालयले बेपत्ता आयोगको काम भन्दै चासो दिएका थिएनन् । द्वन्द्वमा मारिएका दाजुको न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय र सरकारी न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता नभएपछि बुधु अदालत गएको द्वन्द्व पीडितको पक्षमा वकालत गरिरहेकी अधिवक्ता इन्दिरा आचार्यले जानकारी दिइन् । अदालतले रिटमाथि आउँदो शुक्रबारका लागि पेशी तोकेको छ । विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक भएको छैन ।

रुपन्देहीमा धनकुमारी थारुलगायत अन्य बेपत्ताका परिवारले समेत आफन्तको खोजी गरिदिन माग गर्दै प्रहरीमा जाहेरीको प्रयास गरेका थिए । यद्यपि प्रहरीले जाहेरी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस